Kathmandu Press

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै,विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दै छ ।
आज तीनवटा संसदीय समितिको बैठक बस्दै
Hardik ivf

काठमाडौं, चैत २८ : आज संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । बिहीबार पूर्वाधार विकास समितिको ४९औँ बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने छ । 

बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै,विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दै छ ।  बैठकमा चालु आर्थिक वर्ष २०८१–०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको ५७औँ बैठक पनि  बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: ०८:०१ बजे, बिहीबार, चैत २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्