Kathmandu Press

बार अध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार मिश्रको जित निश्चित

मिश्रले पाएको मतान्तर अब बाँकी गन्न भएको मत भन्दा भएकाले उनको जित सुनश्चित भएको हो।
बार अध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार मिश्रको जित निश्चित

काठमाडौं, चैत २७ : नेपाल बार एशोसियशनको अध्यक्षमा प्राध्यापक डा.विजयप्रसाद मिश्रको जित सुनिश्चित भएको छ।

बार अध्यक्षका उम्मेदवार मिश्रले ४ हजार ७२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी रमन श्रेष्ठले एक हजार ८४३ मत ल्याएका छन्।

Hardik ivf

मिश्र सत्ता गठबन्धन नेपाली कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार हुन्। श्रेष्ठ नेकपा (माओवादी केन्द्र), रास्वपा लगायत गठबन्धनका उम्मेदवार हुन्।

मिश्रले पाएको मतान्तर अब बाँकी गन्न भएको मत भन्दा भएकाले उनको जित सुनश्चित भएको हो।

 निर्वाचन समिति स्रोतका अनुसार अब गन्न बाँकी उच्च अदालत पाटनको करिब १ हजार ५५८ र ललितपुर जिल्लाको ५६० गरी २ हजार ११८ मत छ । तर मिश्र श्रेष्ठभन्दा २ हजार २८७ मत अन्तरले अगाडि छन् ।

त्यसैले मिश्रको जित सुनिश्चित भएको निर्वाचन समिति स्रोतले बतायो ।

नेपालका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २० गते देशभर मतदान भएको थियो । मतगणना बार एसोसिएसनकै भवन भित्र भइरहेको छ ।

प्रकाशित मिति: १८:४९ बजे, बुधबार, चैत २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्