Kathmandu Press

काठमाडौंमा हल्का वर्षा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने, भक्तपुरको सल्लाघारी, ललितपुरको फुल्चोकी लगायतका क्षेत्रमा अहिले हल्का वर्षा भइरहेको छ।
काठमाडौंमा हल्का वर्षा

काठमाडौं, चैत २७ : काठमाडौं उपच्यकामा बुधबार दिउँसो हल्का वर्षा भएको छ। काठमाडौं उपत्यकामा लामो समयपछि पानी परेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने, भक्तपुरको सल्लाघारी, ललितपुरको फुल्चोकी लगायतका क्षेत्रमा अहिले हल्का वर्षा भइरहेको छ।

पश्चिमी न्यूनचापीय प्रणालीका अतिरिक्त बंगालको खाडीबाट जलवाष्पयुक्त वायु भित्रँदा देशभरको मौसममा बदली देखा परेको थियो। 

मंगलबारबाट भित्रिएको यो प्रणालीले कोशीदेखि लुम्बिनीसम्म वर्षा गराए पनि काठमाडौंमा पानी परेको थिएन।

वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ भने वायु प्रदूषणबाट नागरिकले राहत पाउने भएका छन्।

काठमाडौं उपत्यकामा आज बुधबारको तुलनामा बिहीबार उल्लेख्य वर्षा हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: १५:३८ बजे, बुधबार, चैत २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्