Kathmandu Press

आईपीयूको स्वास्थ्य समिति सदस्यमा रास्वपा सांसद गौतम निर्वाचित

उज्बेकिस्तानको तासकन्दमा जारी १५०औं अन्तर व्यवस्थापिका संघको महासभाबाट उनी स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी हुन्। 
आईपीयूको स्वास्थ्य समिति सदस्यमा रास्वपा सांसद गौतम निर्वाचित

काठमाडाैं, चैत २७ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम अन्तर संसदीय संघ (आईपीयू) स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी छिन्।

उज्बेकिस्तानको तासकन्दमा जारी १५०औं अन्तर व्यवस्थापिका संघको महासभाबाट उनी स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी हुन्। 

Hardik ivf

आईपीयूको स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो। 

नवगठित समितिको नियमअनुसार, २०२५ अप्रिल ९ मा आईपीयू शासकीय परिषद्ले १५ सदस्यलाई चार वर्षे कार्यकालका लागि निर्वाचित गरेको छ, जसको कार्यकाल मार्च २०२९ मा समाप्त हुनेछ।

स्वास्थ्यसम्बन्धी समितिमा नेपालबाट रास्वपा सांसद गौतमसहित १३ जना निर्विरोध निर्वाचित भएका छन्। 

प्रकाशित मिति: १५:२५ बजे, बुधबार, चैत २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्