Kathmandu Press

रविमाथि ज्यादती भएको भन्दै रास्वपाद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण

आयोगलाई ध्यानाकर्षण गराउन कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियारलगायत नेताहरु आयोगको कार्यालय पुगेका थिए।
रविमाथि ज्यादती भएको भन्दै रास्वपाद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं, चैत २७ : आफ्ना सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ।

बुधबार बिहान बिहान आयोगको कार्यालयमै पुगेर रास्वापा नेताहरूले यो विषयमा ध्यानाकर्षण गराएका हुन्। आयोगलाई ध्यानाकर्षण गराउन कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियारलगायत नेताहरु आयोगको कार्यालय पुगेका थिए।

सहकारीको रकम ठगेको कसुरमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो।

रविलाई पक्राउ पुर्जी विना नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ।

प्रकाशित मिति: १३:०५ बजे, बुधबार, चैत २७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्