विधायन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
बैठकमा समितिको वार्षिक कार्यतालिकाको समीक्षा गर्ने कार्यसूची छ ।
काठमाडौं, चैत २७ : संघीय संसद् अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ । बैठकमा समितिको वार्षिक कार्यतालिकाको समीक्षा गर्ने कार्यसूची छ ।
समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल र सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग हुने छलफलको पूर्वतयारीका विषयमा पनि छलफल हुनेछ । बैठक बिहान ११ बजे हुनेछ ।
प्रकाशित मिति: ०८:०९ बजे, बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार