Kathmandu Press

रास्वपा सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा

पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालयको बैठक बस्न लागेको हो ।   
रास्वपा सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा
Hardik ivf

काठमाडौं, चैत २७ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालयको बैठक बस्न लागेको हो ।   

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो ४ बजे बस्नेछ । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा पार्टी अधिवेशन, जनयात्रा कार्यक्रम, अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने उनले बताए । 
    
बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्य सम्बन्धमा समेत छलफल हुने उनले जानकारी दिएका छन् । 

प्रकाशित मिति: ०७:४४ बजे, बुधबार, चैत २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्