Kathmandu Press

बार निर्वाचन: अध्यक्षमा मिश्रले बनाए फराकिलो अग्रता

नेपाल बार एसोसिएसनको निर्वाचनमा अध्यक्षका उमेदवार प्राध्यापक डा. विजयकुमार मिश्र फराकिलो मतले अघि बढेका छन्।
बार निर्वाचन: अध्यक्षमा मिश्रले बनाए फराकिलो अग्रता

काठमाडौं, चैत २५ : नेपाल बार एसोसिएसनको निर्वाचनमा अध्यक्षका उमेदवार प्राध्यापक डा. विजयकुमार मिश्र फराकिलो मतले अघि बढेका छन्।

पछिल्लो विवरण अनुसार मिश्रले दुई हजार १० मत ल्याएका छन् भने अध्यक्षका अर्का उमेदवार रमणकुमार श्रेष्ठले एक हजार सात मत पाएका छन्। 

अध्यक्षका अरु उमेदवारमध्ये राजु कैतीको ९, उज्वल घिमिरेको पाँच र आषिश पुडासैनीको १५ मत छ । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार महिलासहित सबै प्रदेशबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा पनि मिश्रकै प्यालन अघि छ । महासचिवका उमेदवार केदारप्रसाद कोइरालाले पनि अग्रता फराकिलो पार्दै लगेका छन् ।

उनले एक हजार नौ सय ८९ मत ल्याउँदा महासचिवका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले ८ सय ७८ मत पाएका छन् । महासचिवका अर्का उमेदवार हरिशरण कार्कीले ६६ मत पाएका छन् ।

यस्तै, कोषाध्यक्षका उमेदवार जगतबहादुर कार्कीले दुई हजार ७१ मत पाएका छन् । उनका प्रत्यासी दिपक राईले ७ सय ३५ मत ल्याएका छन् । कोषाध्यक्षका अर्का उमेदवार विष्णुप्रसाद सापकोटाले १०१ मत ल्याएका छन् ।

 

प्रकाशित मिति: १९:५८ बजे, मंगलबार, चैत २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्