Kathmandu Press

रवीन्द्र र धवलशमशेरलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना समातिएका छन्।
रवीन्द्र र धवलशमशेरलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, चैत २६ : गते चैत १५ गते तीनकुनेको आन्दोलन हिंसात्मक बनाउँदै भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवं महामन्त्री धवलशमशेर राणालाई थुनामा राख्न अदालतले तेस्रोपटक म्याद थपको अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले मिश्र र राणासहित राज्यविरुद्धको कसुर लगाइएका लाई थप १५ दिन थुनामा राख्न अनुमती दिएको हो।

Hardik ivf

पक्राउ परेका अन्य आरोपीलाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। 

आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना समातिएका छन्।

यीमध्ये ४१ जनालाई पहिलो पटक अघिल्लो आइतबार ५ दिना म्याद दिइएको थियो भने बुधबार दोस्रो पटक ६ दिन म्याद थपको अनुमती दिइएको थियो।

 

प्रकाशित मिति: १९:३७ बजे, मंगलबार, चैत २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्