Kathmandu Press

सुप्रीम सहकारी ठगीका अभियुक्त पूर्व डिआइजी जाेशीकाे स्वास्थ्यमा समस्या  

उनको स्वास्थ्यमा समस्या भएपछि कारागार प्रशासनले मंगलबार अस्पताल लगेको हो।
सुप्रीम सहकारी ठगीका अभियुक्त पूर्व डिआइजी जाेशीकाे स्वास्थ्यमा समस्या  

भैरहवा, चैत २६ : सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे अस्पताल भर्ना भएका छन्।

उनको स्वास्थ्यमा समस्या भएपछि कारागार प्रशासनले मंगलबार अस्पताल लगेको हो। जाेशीलाई भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको छ। 

स्वास्थ्य जाँच र उपचारको काम भइरहे पनि भर्ना गर्नुपर्ने वा नपर्ने बिषय खुलेको छैन । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उनलाई रुपेन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो। 
 

प्रकाशित मिति: १९:३३ बजे, मंगलबार, चैत २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्