Kathmandu Press

रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपा बैठक चैत २७ गते दिनको ४ बजेका लागि डाकिएको छ।
रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं, चैत २६ : रवि लामिछाने पुर्पक्षका लागि थुनाामा गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक डाकेको छ ।

लामिछानेविरुद्ध चलेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा उच्च अदालत बुटबलले थुनामा पठाएपछिको नयाँ परिस्थितिमा पार्टी रणनीति तय गर्न रास्वपाले सचिवालय बैठक डाकेको हो।

Hardik ivf

रास्वपा बैठक चैत २७ गते दिनको ४ बजेका लागि डाकिएको छ।

केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी बैठक डाकिएको हो । 

उक्त बैठकका सभापति लामिछानेको थुनापछि उत्पन्न परिस्थिति, अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रममा छलफल हुने जनाइएको छ।

साथै पार्टीको अधिवेशन, जनयात्रा कार्यक्रम, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूका सम्बन्धमा पनि नयाँ निर्णय लिइने जनाइएको छ।

लामिछानेलाई गत शुक्रबार रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उनलाई काठमाडौंमा पक्राउ गरी भैरहवा कारागार चला गरिएको छ। 

 

प्रकाशित मिति: १८:०४ बजे, मंगलबार, चैत २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्