राजावादी र गणतन्त्रवादी अटाउने नयाँ समझदारी आवश्यक छ : राजेन्द्र लिङ्देन
अध्यक्ष लिङ्देनले चैत्र १५ गते हिंसात्मक क्रियाकलापप्रति खेद प्रकट गर्दै त्यो हिंसा राज्यको तर्फबाट भड्काइएको बताएका छन्।-1744112792.jpg)
काठमाडौं, चैत २६ : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई एउटा नयाँ समझदारीको आवश्यकता भएको बताएका छन्।
मंगलबार आयोजित बृहत खबरदारी सभालाई सम्बोधन गर्दै उनले अहिलेको बाटोबाट देश अगाडि जान नसक्ने भन्दै त्यसको लागि शान्तिपूर्ण तरिकाले सबै राजनीतिक शक्तिहरु अटाउने गरी, सबै शक्तिहरुको सहमतीमा एउटा नयाँ समझदारी निर्माण गर्नुपर्ने बताए।
‘हामीले देशलाई अहिलेको अवस्थाबाट अगाडि जान सक्दैन, पछाडि फर्किन्छ भनेर भनेको पनि होइन् । तर अब देश यही रहन सक्दैन देशलाई अगाडि जान छ । तर यही बाटोबाट देश अगाडि जान सक्दैन,’ अध्यक्ष लिङ्देनले भने, ‘त्यसकारण देशलाई एउटा नयाँ समझदारीको आवश्यकता छ र त्यसको लागि शान्तिपूर्ण तरिकाले सबै राजनीतिक शक्तिहरु अटाउने गरि, सबै राजनीतिक शक्तिहरुको सहमतीमा एउटा नयाँ समझदारी गरौं।’
उनले हिजो र अहिलेको पनि राम्रा कुराहरु समेटेर नेपालको मौलिक व्यवस्था निर्माण गर्न प्रस्ताव गरे। जसमा राजादेखि अहिलेका गणतन्त्रवादी सबै अटाउने उल्लेख गरे।
अध्यक्ष लिङ्देनले चैत्र १५ गते हिंसात्मक क्रियाकलापप्रति खेद प्रकट गर्दै त्यो हिंसा राज्यको तर्फबाट भड्काइएको बताएका छन्।
‘राप्रपा कुनैपनि हिंसामा विश्वास गर्दैन र जसले जे का लागि भएपनि गर्ने हिंसाको विरुद्धमा छ। चैत्र १५ गते जुन हिंसात्मक क्रियाकलाप राज्यको तर्फबाट भयो । त्यसका प्रति हामी खेद प्रकट गर्दछौं। त्यसको निन्दा गर्न चाहन्छौं,’ उनले भने, ‘म अहिले पनि तोकेर भन्छु, त्यो हिंसा राज्यको तर्फबाट भड्काइएको थियो। त्यो राज्यको तर्फबाट गरिएको हिंसा थियो। यो भन्नमा कुनै आपत्ति छैन।’
उनले आफूहरुले कुनै पनि अराजकतामा आफ्नो भविष्य नदेखेको बताउँदै ान्तिपूर्ण प्रदर्शन र दबाबबाटै हाम्रो मान्यताहरु स्थापित गर्न सक्छौ भन्ने कुरामा आफूहरु विश्वस्त रहेको बताए।