Kathmandu Press

संसदीय समितिमा पानीजहाज सम्बन्धी विधेयकमाथि छलफल

मंगलबार सिंहदरबारस्थित राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सभाकक्षमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल भएको हो। 
संसदीय समितिमा पानीजहाज सम्बन्धी विधेयकमाथि छलफल

काठमाडौं, चैत २६ : विधायन व्यवस्थापन समितिमा पानीजहाज सम्बन्धी विधेयक, २०८१ मा दफावार छलफल भएको छ। 

मंगलबार सिंहदरबारस्थित राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सभाकक्षमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल भएको हो। 

छलफलमा बोल्दै भौतिक तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहालले पर्याप्त छलफल गरेर विधेयकलाई चाँडो टुङगो लगाउनपर्नेमा जोड दिए। त्यस्तै उनले विधेयकमा त्रुटी भएका शब्दहरुलाई सच्याउन समेत सुझाए। 

प्रकाशित मिति: १७:२३ बजे, मंगलबार, चैत २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्