Kathmandu Press

‘गणतन्त्रका नाममा गाउँ गाउँमा छोटे राजा जन्माएर देश लुटियाे’

‘यो १६ वर्षमा १४ वटा सरकार फेरे। १ हजार मान्छे मन्त्री भए। करिब ३ हजार सांसद् भए, ३१ वटा प्रदेश प्रमुख भए, मुख्यमन्त्री भए । ३० वटा प्रदेश प्रमुख, तीन जना राष्ट्रपति, तीन जना उपराष्ट्रपति अनि गाउँ गाउँमा छोटे राजा बनाएर देश लुट्ने?’
‘गणतन्त्रका नाममा गाउँ गाउँमा छोटे राजा जन्माएर देश लुटियाे’

काठमाडौं, चैत २६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवम पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्ना छोराछोरीहरुलाई युरोप अमेरिका पठाएर जनताका छोराछोरीहरुलाई विश्वविद्यालयमा ढुंगा हान्न सिकाएको आरोप लगाएका छन्।

मंगलबार राप्रपाको खबरदारी सभा सम्बोधन गर्दै उनले नेताका छोराछोरी युरोप अमेरिका पढ्न पठाउने अनि जनताका छोराछोरी त्रिभुवन विश्वविद्यालयमा ढुङगा हान्न लगाउने लगाएको भन्दै शीर्ष नेताहरुमाथि प्रश्न समेत गरे। 

सांसद शाहीले कांगे्रसका नेता गगन थापा र विश्व प्रकाश शर्मालाई इंगित गर्दै यस्तो आरोप लगाएका हुन्। उनले देशमा भएका विश्वविद्यालयहरु राजाको कार्यकालमा बनेको दाबी गरे। 

‘२४ हजार ८ सय १८ वटा विद्यालय २०४४ मा बनेका छन् । त्यो तिमीहरुले बनाएको हो रु खुवै भाषण गर्नुहुन्छ कांग्रेसका गगन थापा र विश्व प्रकाशहरु। आज यहीबाट सुनाउन चाहन्छु, २४ हजार ८ सय १८ वटा विद्यालय राजाको पालामा बनेका हुन्,’ उनले भने, ‘बाबुराम भटट्राईले पनि बुझ्नुपर्छ, राजाका पालामा पढ्न दिइँदैन भनेर जनता भड्काउने भनेर यस्तो झुटो कुरा गर्ने?’

‘देशमा एउटा अस्पताल छैन। एउटा विद्यालय बनाउनु छैन। एउटा उद्योग कलकारखाना बनाउनु छैन। पार्टीको कार्यकता पाल्ने, देश लुट्ने, आफ्ना छोराछोरी विदेश पठाउने जनताका छोराछोरी त्रिभुवन विश्वविद्यालयमा ढुङगा हान्न लगाउने रु त्यसका विरुद्ध आजको आन्दोलन हो,’ उनले भने। 

शाहीले हालको व्यवस्थाले लुटेरा मात्र जन्माएको आरोप लगाए। उनले गणतन्त्रका नाममा गाउँ गाउँमा छोटे राजा जन्माएर देश लुटिएको बताए।

‘यो १६ वर्षमा १४ वटा सरकार फेरे। १ हजार मान्छे मन्त्री भए। करिब ३ हजार सांसद् भए,’ सांसद शाहीले भने, ‘३१ वटा प्रदेश प्रमुख भए, मुख्यमन्त्री भए । ३० वटा प्रदेश प्रमुख, तीन जना राष्ट्रपति, तीन जना उपराष्ट्रपति अनि गाउँ गाउँमा छोटे राजा बनाएर देश लुट्ने?’

प्रकाशित मिति: १६:५९ बजे, मंगलबार, चैत २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्