सांसद सिंहको आव्हान– तस्कर र भ्रष्टले चलाएको सरकार हो यसलाई जरैबाट उखेलेर फालौं
उनले ४-५ पटक प्रधानमन्त्री बनेर सरकार चलाए पनि राष्ट्र र जनतालाई केही दिन नसकेको भन्दै काङ्ग्रेस, एमाले र माओवादीका युवाहरुले मिलेर देशलाई सहि दिशामा लान आग्रह गरे।-(14)-1744109307.jpg)
काठमाडौं, चैत २६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले काङ्ग्रेस, एमाले र माओवादीले दुई दशक सरकार चलाएपनि देशलाई केही दिन नसकेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित बृहत खबरदारी सभालाई सम्बोधन गर्दै उनले ४-५ पटक प्रधानमन्त्री बनेर सरकार चलाए पनि राष्ट्र र जनतालाई केही दिन नसकेको भन्दै काङ्ग्रेस, एमाले र माओवादीका युवाहरुले मिलेर देशलाई सहि दिशामा लान आग्रह गरे।
‘यो तस्करले चलाएको सरकार हो। यस्तो भ्रष्ट सरकारलाई जरैबाट उखालेर फ्याक्दिउ,’ उनले भने, कांग्रेस, एमाले र माओवादीका मित्रहरुलाई पनि भन्छु दुई दशक भइसक्यो उहाँहरुकै मान्छे चार–पाँच पटक प्रधानमन्त्री बनेर चलाए तर के दि? त्यसैले काङ्ग्रेस, एमाले र माओवादीका युवाहरुलाई हामी सँगै मिलेर देशलाई सहि दिशामा लगौं।’
उनले देश समाप्त हुने अवस्थामा पु¥याएको र भ्रष्टचारले डुबाएको भन्दै राष्ट्र बैंकको गभर्नर एक महिना अगाडि नियुक्ति गर्ने तयारी गर्नुपर्ने आजसम्म पनि भाउताउ मिलाइरहेको बताए।
नौं महिनासम्म अस्पतालमा औषधी उपचार गर्नका लागि बस्ने अशक्त, मानसिक अवस्था बिग्रिएको मान्छेहरुले देश कहाँ लैजान्छन् भन्ने ठेगान नभएको पनि उनको भनाई छ