Kathmandu Press

बल्खुबाट राजेन्द्र लिङ्देनको चेतावनी– सरकार नसुध्रिए बालुवाटारको भात–पानी बन्द गरिदिन सक्छौं

‘म फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि गोली चलाउँछौं त भन्दिनँ। बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौं ,’ लिङ्देनले भने, ‘यो कुरा याद राख।’
बल्खुबाट राजेन्द्र लिङ्देनको चेतावनी– सरकार नसुध्रिए बालुवाटारको भात–पानी बन्द गरिदिन सक्छौं

काठमाडौं, चैत २६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ्का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका छन्।

मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने बताए।

‘म फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि गोली चलाउँछौं त भन्दिनँ। बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौं ,’ लिङ्देनले भने, ‘यो कुरा याद राख।’

केही हजार मान्छेको र्‍याली निस्कन्छ भनेर सरकार डराएको आरोप पनि उनले लगाए। 

उनले राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई तत्काल रिहा गर्न पनि गरे। उनले राजा चाहिने भन्नेलाई थुन्ने हो भने लाखौं मानिसलाई थुन्न जेल खाली गर्न पनि माग गरे।

‘शान्तिको कुरा गर्दा हामीलाई हेप्ने र हाम्रो कमजोरी ठान्ने हो भने तपाईंहरूसँगै सल्लाह गरौंला,’ उनले भने ‘एउटा भरुवा बन्दुक र केही घरेलु हतियार बोकेर युद्ध थालेको माओवादीले देशलाई कहाँ पुर्‍यायो । के राजा चाहिनका लागि २र४ हजार मानिस जंगल पस्नलाई तयार छैनन र रु तर, हामी शान्तिको पक्षधर हौं ।’

प्रकाशित मिति: १६:१६ बजे, मंगलबार, चैत २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्