Kathmandu Press

सारा र कार्तिक ‘लभ आजकल’को सिक्वेलमा

काठमाडौं, फागुन २१ : डेब्यू फिल्मबाटै हिट बनेकी सारा अलि खानलाई मिडियामा दिएका अन्तर्वार्ताले पनि चर्चामा ल्यायो । उनले अन्तर्वार्तामा अभिनेता कार्तिक....

सारा र कार्तिक ‘लभ आजकल’को सिक्वेलमा
एजेन्सी

काठमाडौं, फागुन २१ : डेब्यू फिल्मबाटै हिट बनेकी सारा अलि खानलाई मिडियामा दिएका अन्तर्वार्ताले पनि चर्चामा ल्यायो । उनले अन्तर्वार्तामा अभिनेता कार्तिक आर्यनसँग ‘डेट’ जाने इच्छा जनाइन् । कार्तिक ‘क्रस’ भएको समेत खुलाइन् ।

कार्तिकसँगको ‘डेट’को विषयले चर्चा पाइरहेका बेला निर्देशक इम्तियाज अलीले आगामी फिल्ममा यो जोडीलाई ल्याउने भएका छन् ।

Hardik ivf

इम्तियाजको हिट फिल्म ‘लभ आजकल’को सिक्वेल बन्दै छ । यसको सिक्वेल ‘लभ आजकल–२’मा सारा र कार्तिक देखिने भएका हुन् ।

उनीहरूसँगै रणदीप हुड्डा पनि यस फिल्ममा देखिने छन् । यो फिल्मको नाम ‘लभ आजकल–२’ नै राख्ने कि नराख्ने भन्नेमा इम्तियाज टुङ्गोमा पुगेका छैनन् । यसमा भने ‘लभ आजकल’कै कथालाई आधार बनाइने पक्का छ ।

अगामी हप्ताबाट फ्लोरमा जाने यो फिल्मको दिल्ली र पंजाबमा सुटिङ हुने जनाएको छ ।

अभिनेता कार्तिकले पनि इम्तियाजसँग काम गर्ने पहिलेदेखिकै सपना अब पूरा हुन लागेको बताएका छन् । सारा भने यो विषयमा केही बोलेकी छैनन् ।

सारा डेब्यू फिल्म ‘केदारनाथ’बाटै हिट बनेकी छन् । उनको दोस्रो फिल्म ‘सिम्बा’ पनि हिट बनेको छ ।

प्रकाशित मिति: १३:१३ बजे, मंगलबार, फागुन २१, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्