‘संगठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता छ’
नेता निधीले भविष्यमा कांग्रेसको सफलताका लागि पार्टीको संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन जरुरी रहेको उल्लेख गरे।
धनुषा, चैत २६ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको संगठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
आज जनकपुरधामस्थित आफ्नो निवासमा आयोजित एक बैठकमा निधिले आगामी कार्ययोजना र क्षेत्रीय संगठन मजबुत बनाउनका लागि केही नयाँ रणनीति अपनाउनुपर्नेमा जोड दिए।
नेता निधीले भविष्यमा कांग्रेसको सफलताका लागि पार्टीको संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन जरुरी रहेको उल्लेख गरे।
‘नेपाली कांग्रेसको अब गाउँ, नगर र जिल्लामा महत्वपूर्ण भूमिका छ, हामीले जनतासम्म पुग्नका लागि पार्टी संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन आवश्यक छ,’ उनले भने।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवले पार्टीको एकता र सङ्गठनलाई बलियो बनाउन निरन्तर संवाद र सहकार्यको आवश्यकता रहेको बताए। उनले पार्टीको वर्तमान स्थिति र आगामी चुनावका लागि तयारी अवस्थामा रहेको समेत उल्लेख गरे।

