Kathmandu Press

बल्खुमा उच्च सतर्कता, ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ

सभास्थल आसपासका क्षेत्रमा करिब २ हजार सुरक्षाकर्मी तैनाथ गरिएको बताइएको छ। 
बल्खुमा उच्च सतर्कता, ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ

काठमाडौं, चैत २६ : बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सभालाई ध्यानमा राखेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। बल्खु क्षेत्रमा ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मी तैनाथ गरिएको छ। 

सभास्थल आसपासका क्षेत्रमा करिब २ हजार सुरक्षाकर्मी तैनाथ गरिएको बताइएको छ। 

Hardik ivf

संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्थापनासहितका माग राखेर राप्रपाले बल्खुमा प्रदर्शन गर्दैछ ।

आजको सभालाई शान्तिपूर्ण र मर्यादित बनाउन राप्रपाले स्वयंसेवक परिचालनमा विशेष ध्यान दिएको बताएको छ।

प्रकाशित मिति: १२:४१ बजे, मंगलबार, चैत २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्