Kathmandu Press

आम जनता पार्टीबाट वरिष्ठ उपाध्यक्ष साहको राजीनामा

आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पार्टी परित्यागको घोषणा गरेका छन्।
आम जनता पार्टीबाट वरिष्ठ उपाध्यक्ष साहको राजीनामा

रौतहट, चैत २५ : आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पार्टी परित्यागको घोषणा गरेका छन्।

उनले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत पार्टीको कुनै जिम्मेवारी नरहने सार्वजनिक रूपमा घोषणा गरी राजीनामा दिएका हुन्।

उनले फेसबुकमा लेखेका छन्,‘आम जनता पार्टीका  राष्ट्रिय  अध्यक्ष मा. प्रभु  साहसँग भएको  लामो सहयात्राको लागि   उहाँलाई विशेष  धन्यवाद  दिन चाहन्छु। उहाँको  पार्टी प्रगति  गरोस्  हार्दिक  शुभकामना  छ। आजको मिति देखि म पार्टिको कुनै पनि सांगठनिक जिम्मेवारीमा नरहेको सबैमा जानकारी गराउँदछु।’

आम जनता पार्टीमा रहँदा आफ्नो विभिन्न स्वार्थ त्याग गरि प्रभु साहको लागि दिनरात इमानदारीपूर्वक लागेको र उनको  समकक्षीको रूपमा सधैं साथ सहयोग गर्दै आएको उल्लेख गरे।  तर साह  कुन पार्टीमा प्रवेश गर्ने खुलाएका छैन। उनको राजीनामा संगै जिल्लाको राजनीतिमा निकै चर्चा परिचर्चा हुन थालेको छ।

प्रकाशित मिति: १९:४१ बजे, सोमबार, चैत २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्