Kathmandu Press

माओवादीको १० वर्षे हिंसाले नेपालमा काम गर्ने वातावरण बनेन: शंकर पोखरेल

परम्परागत कृषिलाई आधुनिकीकरणमा बदल्ने मात्र हो भने विदेशीनु पर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ।
माओवादीको १० वर्षे हिंसाले नेपालमा काम गर्ने वातावरण बनेन: शंकर पोखरेल

काठमाडौं, चैत २५ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गरेको कारण नेपालमा काम गर्ने वातावरण नै नबनेको बताएका छन्। 

काठमाडौंमा आयोजित युवा साहित्यिक सम्मेलनलाई सम्बोधन गर्दै उनले १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गरेको कारण नेपालमा काम गर्ने वातावरण नै नबनेको भन्दै युद्वको समयमा विकास र समृद्धिको कुरा त सम्भव नरहेको बताएका हुन्। 

Hardik ivf

उनले भने,‘२०४६ सालमा राजनीतिक दलहरुले आन्दोलन गरेर प्रजातन्त्र स्थापना गरे, ५ वर्षसम्म मात्रै काम गर्न पाएका थिए। मुलुकमा हिंसाको राजनीति सुरु भयो। २०५२ सालदेखि १० वर्षसम्म माओवादीले हिंसाको राजनीतिको नेतृत्व गर्‍यो, जसका कारणले नेपालमा काम गर्ने वातावरण नै भएन। युद्वको समयमा विकास र समृद्धिको कुरा त सम्भव हुँदैनथ्यो। त्यो एक दशक हामीले त्यसरी गुजार्यौं।’ 

त्यस्तै उनले नेपालमा राजनीतिक दलहरुले जम्माजम्मी १७ वर्षमात्रै देशको नेतृत्व गर्न अवसर पाएको बताए। नेपालका राजनीतिक दलहरुको काम गर्न धेरै समय नपाएको उनको भनाइ छ। 

उनले भने,‘नेपालका राजनीतिक दलहरुको इतिहास ७५ वर्षको मात्रै छ। युरोप–अमेरिकामा राजनीतिक दलहरुको इतिहास दुई सय वर्षभन्दा पुरानो छ। त्यो समयदेखि उनीहरुले लगातार काम गर्न पाएका छन्, तर नेपालका राजनीतिक दलहरुको काम गर्न धेरै समय भएका छैनन्।’ 

परम्परागत कृषिलाई आधुनिकीकरणमा बदल्ने मात्र हो भने विदेशीनु पर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ।

 

प्रकाशित मिति: १८:५८ बजे, सोमबार, चैत २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्