Kathmandu Press

तीनवटै सुरक्षा निकायका प्रमुखको बैठक 

राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आह्वान गरेको प्रदर्शनको विषयमा छलफलका लागि संयुक्त बैठक राखिएको जनाइएको छ। 
तीनवटै सुरक्षा निकायका प्रमुखको बैठक 

काठमाडौं, चैत २५ : नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको  संयुक्त बैठक बसेको छ।

राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आह्वान गरेको प्रदर्शनको विषयमा छलफलका लागि संयुक्त बैठक राखिएको जनाइएको छ। 

बैठकमा नेपाल प्रहरी प्रमुख दिपक थापा, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापासहित तीन वटै सुरक्षा निकायका उच्च अधिकृतहरु सहभागी बैठकमा समसामयिक सुरक्षा अवस्था र भावी रणनीतिका बिषयमा छलफल भएको जनाइएको छ। 
 
प्रकाशित मिति: १८:३२ बजे, सोमबार, चैत २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्