Kathmandu Press

जडीबुटी उद्योगमा आगो लगाउने मुख्य आरोपी समातिए

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आरोपीलाई पक्राउ गरेको हो।
जडीबुटी उद्योगमा आगो लगाउने मुख्य आरोपी समातिए

काठमाडौं, चैत २५ : चैत १५ गते कोटेश्वरस्थित जडीबुटी उद्योगमा आगो लगाउने मुख्य आरोपी सोमबार समातिएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आरोपीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेको प्रहरीले जनाएको छ । सीसीटीभी र भिडिओका आधारमा पहिचान गर्दै तामाङलाई पक्राउ गरिएको हो।

प्रहरीले जडिबुटी चोकको ट्राफिक लाइट समेत तामाङले नै फुटाएको आरोप समेत लगाएको छ । जडिबुटी उद्योगमा आगो झोसेको भिडिओका आधारमा उनको पहिचान गरिएको थियो।

यसअघि प्रहरीले अर्का एक आरोपीलाई पनि पक्राउ गरिसकेको छ।

राप्रपा र दुर्गा प्रसाईंले आयोजजना गरेको प्रदर्शन हिंसात्मक बन्दा पत्रकार सुरेशसहित दुई जनाको ज्यान गएको थियो।

उक्त घटनामा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री समेत रहेका सांसद धवल शमशेर राणासहित ७० भन्दा बढीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

तीनकुने प्रदर्शनका कमाण्डर तोाकिएका दुर्गा प्रसाईं भने फरार छन् ।

प्रकाशित मिति: १८:११ बजे, सोमबार, चैत २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्