बार निर्वाचनमा मिश्रलाई सुरूवाती अग्रता
नेपाल बार एशोसियसन निर्वाचनको मत गणनामा अध्यक्षका उम्मेदवार बिजय प्रसाद मिश्रले शुरुआती अग्रता लिएका छन् ।
काठमाडौं, चैत २५ : नेपाल बार एशोसियसन निर्वाचनको मत गणनामा अध्यक्षका उम्मेदवार विजय प्रसाद मिश्रले शुरुआती अग्रता लिएका छन् ।
निर्वाचन समितिले दिएको मत गणनाको प्रारम्भिक विवरण अनुसार मिश्रले २२६ मतका साथ अग्रता लिएका छन् । निकट प्रतिश्पर्धी रमणकुमार श्रेष्ठले १३० मतका साथ पछ्याएका छन्।
अहिले सुनसरी, मोरङ, झापा, उच्च अदालत विराटनगर, इलाम र धनकुटाको मतगणना सकिएको छ ।
बारको २७ औं केन्द्रीय कार्यसमितिका लागि गत शनिबार मतदान भएको थियो । काठमाडौं उपत्यका र बाहिर गरी ३६ वटा मतदान केन्द्र राखिएका थिए ।
प्रकाशित मिति: १८:०३ बजे, सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(38)-1744631065.jpeg)