कालो मास्क लगाएर सडकमा शिक्षकहरूको मौन प्रदर्शन
शिक्षकहरुले आज माइतीघरदेखि बानेश्वरसम्म कालो मास्क लगाएर सरकारको ध्यानाकर्षका लागि जुलुस प्रदर्शन गरेका हुन्।
काठमाडौं, चैत २५ : शिक्षकहरूले सोमबार कालो मास्क लगाएर सडकमा मौन प्रदर्शन गरेका छन्।
शिक्षकहरुले गत चैत २० देखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका छन्। शिक्षकहरुले आज माइतीघरदेखि बानेश्वरसम्म कालो मास्क लगाएर सरकारको ध्यानाकर्षका लागि जुलुस प्रदर्शन गरेका हुन्।
शिक्षकहरू कहिले सडकमै सुतेर, कहिले सिटी फुकेर प्रदर्शनमा उत्रिएका शिक्षकहरुले आन्दोलनको स्वरुप फेरेका हुन्। नेपाल शिक्षक महासंघको आह्वानमा देशैभरका शिक्षकहरु काठमाडौं उपस्थित भएका छन्।
सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी शिक्षकहरुले दिएका छन्।
प्रकाशित मिति: १५:२० बजे, सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












