Kathmandu Press

वरिष्ठ पत्रकार रिसालको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्। 
वरिष्ठ पत्रकार रिसालको निधनमा प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त 

काठमाडौं, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधनको खबर सुनेर मर्माहत भएको बताउँदै श्रद्धाञ्जली व्यक्त गरेका गरेका छन्। 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्। 

प्रधानमन्त्री ओलीले पत्रकार रिसालसँग फागुन २१ गते भेट भएको स्मरण गर्दै त्यही भेट नै अन्तिम हुन पुगेको पनि बताएका छन्। 

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो। उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु। वरिष्ठ पत्रकार दिवङ्गत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
 
प्रकाशित मिति: १५:१६ बजे, सोमबार, चैत २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्