Kathmandu Press

भैरहवा कारागार चलान भए रवि

अब अदालतको फैसला नआउन्जेल रवि भैरहवा कारागारमै रहने छन्।
भैरहवा कारागार चलान भए रवि
फाइल तस्बिर।

रुपन्देही, चैत २५ : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला कारगार भैरहवा चलान भएका छन्। 

रुपन्देही जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश उल्टाउँदै उच्च अदालत तुलसीपुरको बुटलब इजलासले थुनामा राखेर थप अनुसन्धान गर्न भनेपछि रविलाई शुक्रबार राति नै घरबाटै पक्राउ गरिएको थियो। 

उनलाई शनिबार बिहान भैरहवा ल्याइएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो।

सोमबार कार्यालय खुल्ने वित्तिकै जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी लिएर भैरहवा कारागार ल्याइएको हो। अब अदालतको फैसला नआउन्जेल उनी सोही कारगारमा रहने छन्।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए।

प्रकाशित मिति: १२:३८ बजे, सोमबार, चैत २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्