Kathmandu Press

राप्रपालाई भृकुटीमण्डपमा सभा गर्न प्रशासनले दिएन अनुमति, राप्रपाले राेज्याे बल्खु

राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरुको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भृकुटीमण्डपमा सभा गर्न दिन उपयुक्त नभएको निष्कर्ष काठमाडौं प्रशासनको छ। 
राप्रपालाई भृकुटीमण्डपमा सभा गर्न प्रशासनले दिएन अनुमति, राप्रपाले राेज्याे बल्खु

काठमाडौं, चैत २५ : प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा प्रदर्शनसहित सभा गर्दैछ। 

उसले भृकुटीमण्डपमा सभा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंसाग अनुमाति मागेको थियो। तर, प्रशासनले राप्रपालाई भृकुटीमण्डपमा सभा गर्न अनुमति दिएन।

राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरुको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भृकुटीमण्डपमा सभा गर्न दिन उपयुक्त नभएको निष्कर्ष काठमाडौं प्रशासनको छ। 

प्रशानसले भृकुटीमण्डपको सट्टा राप्रपालाई बुल्खु या सिफलमा सभा गर्न भनेको छ। 

प्रशानसले भृकुटीमण्डपमा सभा गर्न अनुमति नपाएपछि राप्रपाले बल्खुमा सभा गर्न निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन्। 

DAO-Kathmandu-Letter-to-RPP-1744008042.jpg
 
प्रकाशित मिति: ११:५५ बजे, सोमबार, चैत २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्