Kathmandu Press

काठमाडौँ आजपनि विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौँ आजपनि विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौँ, चैत २५ : राजधानी काठमाडौँको वायु प्रदूषण सोमबार पनि उच्च रहेको छ । 

आईक्यू एयरको बिहान साढे ७ बजेको मापनअनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ । आज हावाको गुणस्तर २३० एक्यूआई रहेको छ । यसलाई अस्वस्थकर मानिन्छ । 

Hardik ivf

हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३१ गुणा बढी रहेको छ । हाल भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । 

तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः भियतनामको हानोई, चीनको बेइजिङ तथा ग्वानझाओ, म्यानमारको यङगुन, चीनको सांघाई, भारतको मुम्बई र चीनको वुहान रहेको छ । 

प्रकाशित मिति: ०८:२० बजे, सोमबार, चैत २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्