Kathmandu Press

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

रिसालको गएराती बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको ९७ वर्षको उमेरमा निधन भएको हो । 
वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं, चैत २५ : वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । रिसालको गएराती बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको ९७ वर्षको उमेरमा निधन भएको हो । 

वरिष्ठ पत्रकार भैरव रिसाल पत्रकारितामा उत्कृष्ट योगदान पुर्याएवापत राष्ट्रिय पत्रकारिता पुरस्कार, हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार, प्रजातन्त्र स्वतन्त्रता सेनानी पत्रकारिता सम्मान तथा वातावरण पत्रकारितामा योगदान गरेवापत डब्लूडब्लूएफको अब्राहम कन्जभेसन अवार्ड, विज्ञान प्रविधि प्रवद्र्धन पुरस्कार, जगदम्बाश्री पुरस्कार लगायतका अनेकौँ साना ठूला पुरस्कारबाट सम्मानित भएका थिए । 

उनको जन्म वि.सं. १९८५ सालमा भएको थियो । भक्तपुरको गुण्डु गाविसमा जन्मिएका रिसालको त्यहाँबाट तीन किलोमिटर नजिकलुभु पाठशालामा संस्कृतको प्रारम्भिक अध्ययन गरेका थिए । निम्न माध्यमिक तहको अध्ययन पूरा गरेपछि तीनधारा पाठशाला हुँदै बनारसबाट संस्कृतमा आचार्यसम्मको अध्ययन गरेका थिए । 

विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिमा लागेका रिसाल केही समय नेपाल मजदूर किसान पार्टीसँग आवद्ध पनि भएका थिए । उनको ‘साधुलाई सूली’, ‘सुशीला भैरव’ जस्ता कृतिहरु प्रकाशित छन् । 
 

प्रकाशित मिति: ०८:१० बजे, सोमबार, चैत २५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्