Kathmandu Press

पार्टी राजनीतिमा फर्किए पूर्वउपराष्ट्रपति पुन, बने उपाध्यक्ष

माओवादी केन्द्रको गत १९ र २० गते दुई दिन चलेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष मनोनीत गर्ने निर्णय गरेको हो।
पार्टी राजनीतिमा फर्किए पूर्वउपराष्ट्रपति पुन, बने उपाध्यक्ष

काठमाडाैं, चैत २४ : पुर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टी राजनीतिमा फर्किएका छन्। 

उनी नेकपा (माओवादी केन्द्र)को उपाध्यक्ष मनोनीत भएका छन्।

Hardik ivf

माओवादी केन्द्रको गत १९ र २० गते दुई दिन चलेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष मनोनीत गर्ने निर्णय गरेको हो।

पासाङ उपाध्यक्षसँगै स्थायी समिति सदस्य र केन्द्रीय सदस्य पनि मनोनीत भएका छन्।

योसँगै माओवादी केन्द्रको पदाधिकारीमा चार उपाध्यक्ष भएका छन्। कृष्णबहादुर महरा, पम्पा भूसाल र अग्नी सापकोटा यसअघि नै उपाध्यक्ष छन्।

प्रकाशित मिति: २१:५७ बजे, आइतबार, चैत २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्