Kathmandu Press

एकीकृत समाजवादीले कोशीको पहिचानसम्बन्धी विवाद प्रदेश कमिटीको अधिवेशनमा टुंगो लगाउने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कोशी प्रदेशमा देखिएको पहिचानसम्बन्धी विवाद प्रदेश कमिटीको अधिवेशनमा टुङ्गो लगाउने भएको छ।
एकीकृत समाजवादीले कोशीको पहिचानसम्बन्धी विवाद प्रदेश कमिटीको अधिवेशनमा टुंगो लगाउने

काठमाडौं, चैत २४ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले कोशी प्रदेशमा देखिएको पहिचानसम्बन्धी विवाद प्रदेश कमिटीको अधिवेशनमा टुङ्गो लगाउने भएको छ।

यही चैत २६ र २७ गते सुनसरीमा हुने कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा त्यस क्षेत्रको नामकरणमा देखिएको पहिचानको समस्या समाधान गर्न १४ जिल्लाका प्रतिनिधिबीच छलफल गरी मध्यमार्गी उपायबारे पार्टीको धारणा तय गरिने बाट टुङ्गो लगाइने पार्टी केन्द्रीय सचिव एवं कोशी प्रदेश अधिवेशनका संयोजक बलदेव चौधरीले बताए।

अधिवेशनमा नयाँ नेतृत्व चयनका साथै प्रदेशको विकास निर्माणका दीर्घकालीन योजना, जनताको समस्या समाधानका उपाय, साङ्गठनिक अवस्थाको समीक्षा गरिने उनले जानकारी दिए।

अधिवेशनमा उक्त प्रदेशमा रहेका १४ जिल्लाका विभिन्न सङ्घ तथा जनवर्गीय सङ्गठनहरूबाट करिब ७०० प्रतिनिधि सहभागी हुने जनाइएको छ।

प्रकाशित मिति: २०:४७ बजे, आइतबार, चैत २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्