Kathmandu Press

दिवंगत सुरेश रजकका परिवारलाई भेटे सभापति देउवाले 

न्याय दिन पीडितको आग्रह  
दिवंगत सुरेश रजकका परिवारलाई भेटे सभापति देउवाले 

काठमाडौं, चैत २४ : नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन्।

गत चैत १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारसँग भेट गर्दै सभापति देउवाले उक्त भनाई राखेका हुन्।

सभापति देउवाले घटनाका दोषीलाई कारबाही गर्नुपर्ने बताउँदै छानविनबाट दोषी देखिए कसैलाई छाड्न नहुने बताएका हुन्।

देउवासँगको कुराकानीमा स्वर्गिय रजकका परिवारले उक्त घटनाको छानबिन नै नभएकाले दोषी उम्कन सक्ने आशंका व्यक्त गरे। 
कांग्रेस पार्टीको निर्णय सुनाउँदै सभापति देउवाले तीनकुने घटनाको छानबिन गर्नुपर्नेमा कांग्रेस स्पष्ट रहेको पनि बताए।

साथै, देउवाले राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचना र धेरै निजी संरचना ध्वस्त पारेको भन्दै घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने उल्लेख गरे।

दिवंगत सुरेश रजकका परिवारले पीडितलाई न्याय दिने अवस्था बनाउन सभापति देउवासँग आग्रह गरेका थिए।

 

प्रकाशित मिति: १९:०७ बजे, आइतबार, चैत २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्