Kathmandu Press

आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्छ: प्रचण्ड

अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग पूरा गर्ने सन्दर्भमा प्रतिपक्षी दलले खेल्ने भूमिकाबारे संवाद भइरहेको बताए।
आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्छ: प्रचण्ड

काठमाडौं, चैत २४ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्ने बताएका छन्।  

आज यहाँ आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उनले माग सम्बोधन गराउने सवालमा आफ्नो पार्टी शिक्षकहरूको साथमा रहेको बताए।

अध्यक्ष प्रचण्डले शिक्षकहरूको माग पूरा गर्ने सन्दर्भमा प्रतिपक्षी दलले खेल्ने भूमिकाबारे संवाद भइरहेको बताए।

नेपाल शिक्षक महासङ्घको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित यही चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन्।

प्रकाशित मिति: १८:०१ बजे, आइतबार, चैत २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्