Kathmandu Press

तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न मानवअधिकारवादीको माग  

तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न मानवअधिकारवादीको माग  

काठमाडौं, चैत २४ : चारवटा मानवअधिकारवादी संघसंस्थाले चैत १५ गते तीनकुनेमा भएको घटनामा छानबिनका लागि न्यायिक समितिको माग गरेका छन्।

एमनेन्टि इन्टरनेसनल नेपाल, जवाफदेहिता निगरान समिति, एड्भोकेसी फोरम नेपाल र न्याय तथा अधिकार संस्थाले आइतबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन्।

Hardik ivf

उनीहरुले जाँचबुझ आयोग ऐन, २०२६ अन्तरगत यथोचित संयत्र गठन गर्न र जवाफदेहिता सुनिश्चित गर्न मानवअधिकारवादी संस्थाको माग छ।

तीनकुने घटनामा भएको बलको प्रयोग, त्यसबाट भएको मानवीय क्षति, साथै आगजनी तथा तोडफोड लगायतका हिंसात्मक घटनाहरुको सत्यतथ्य उजार गर्ने, अत्याधिक बल प्रयोग एवं हिंसाको प्रयोगका लागि प्रत्यक्ष वा परोक्ष रुपमा जिम्मेवार सबैको सथार्थ बाहिर ल्याउनुपर्ने भनाइ उनीहरुको छ। 

साथै, अत्याधिक बल प्रयोग गर्नुपर्ने अवस्था थियो भनेर विश्वास गर्न नसकिने चारवटा संस्थाहरुले बताएका छन्।

विज्ञप्तिमा उल्लेख छ, ‘त्यस घटनामा भएको बल प्रयोग, त्यसको दुष्परिणाम, साथै पत्रकार सुरेश रजकको रहस्यमय मृत्यु र प्रदर्शनकारीबाट भए गरिएका हिंसात्मक कार्यहरूको निष्पक्ष तथा स्वतन्त्र न्यायिक छानबिन अत्यावश्यक देखिएको छ।’

प्रकाशित मिति: १७:५७ बजे, आइतबार, चैत २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्