Kathmandu Press

‘देशमा विचौलियाको बिगबिगी छ, सरकार सुशासन दिनै सक्दैन’

नेता डा. कोइरालाले भने देशको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नभएको बताउँदै राजनीतिक नेतृत्वमा इच्छाशक्ति भए देश बन्ने उल्लेख गरे।
‘देशमा विचौलियाको बिगबिगी छ, सरकार सुशासन दिनै सक्दैन’

काठमाडौं, चैत २४ : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हरेक ठाउँमा विचौलियाहरुको  बिगबिगी बढेको बताएका छन्। 

आइतबार डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै उनले देशको राजनीति परिस्थिती एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरुको बिगबिगी बढेको बताएका हुन्। 

Hardik ivf

‘अहिलेको देशको राजनीतिक परिस्थिती एकदमै नाजूक छ। दिनदिनै खराब हुँदै गइरहेको छ। विचौलियाहरुको विगविगी भएको छ। हरेक ठाउँ वा हरेक तप्काका विचौलियाहरु बिगबिगी छ,’ उनले भने, ‘तर यो सरकार निर्माण गर्दा जुन कल्पना गरिएको थियो त्यो हामीले अगाडि बढाउनै सकेनौं। काम नै भएको छैन्।’

नेता डा. कोइरालाले भने देशको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नभएको बताउँदै राजनीतिक नेतृत्वमा इच्छाशक्ति भए देश बन्ने उल्लेख गरे।

‘देशको अर्थतन्त्रसँग खेल्ने, मजाक गर्ने अधिकार कसैलाई छैन। उहाँहरु(सरकार)ले सुशासन दिन्छौ, देशमा भ्रष्ट्राचार न्यूनिकरण गर्छौ भन्नुभयो तर सुशासन कस्तो अवस्थामा छ मैले भनिरहन पर्दैन,’ उनले भने। 

उनले पुस्तक ‘कात्रोमा खल्ती’को प्रसंग झिक्दै हाल नेपालमा कात्रोमा खल्ती नै हुन्छ कि जस्तो गरी मानिसहरुले प्रबृत्ति देखाउन थालेको पनि बताए। 
फरक प्रसंगमा डा.कोइरालाले केही स्थानमा राजनेता बीपी कोइरालाको शालिकमा मोसो दल्ने काम भएकोप्रति चिन्ता व्यक्त गरे। 

प्रकाशित मिति: १५:२४ बजे, आइतबार, चैत २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्