Kathmandu Press

श्रम शोषणविरूद्ध  डाक्टरहरू सडकमा

उनीहरूले मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा माग गरेका छन्। 
श्रम शोषणविरूद्ध  डाक्टरहरू सडकमा

काठमाडौं, चैत २४ : नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू प्रदर्शन गरेका छन्।

आफूहरूको श्रम शोषण भएको भन्दै उनीहरूले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। उनीहरूले मन्त्रिपरिषद्‌बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा माग गरेका छन्। 

Hardik ivf

मन्त्रिपरिषद्‌ले न्यूनतम तलब ४८ हजार पाउने निर्णय गरेपछि अहिलेसम्म त्यो पाउनु आफूमाथिको श्रम शोषण भएको उनीहरुले बताएका छन्। 

‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, लगायतका प्लेकार्ड बोकेर चिकित्सकहरुले प्रदर्शन गरेका थिए । 
 

प्रकाशित मिति: १५:१७ बजे, आइतबार, चैत २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्