सरकारले आगो सुरक्षा सम्बन्धि ठोस योजना बनाएको छ : मन्त्री शाही
समयक्रम अनुसार आधुनिक उपकरणहरु र प्रविधिको माध्यमबाट यो समस्याको न्युनिकरण गर्नको लागि अझै प्रयास गर्नुपर्ने देखिएको उनको भनाई छ।---2025-04-06T132832.695-1743925586.jpg)
काठमाडौं, चैत २४ : वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले सरकारले आगो सुरक्षा सम्बन्धि ठोस योजना बनाएर अगाडि बढिरहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित आगो सुरक्षा र इलेक्ट्रोनिक सुरक्षा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले धेरै ठाउँमा वन डढेलोले जैविक विविधताको नासदेखि वातावरण प्रदुषणमा पनि ठूलो भूमिका खेलेको भन्दै सरकारले यसको न्यूनिकरण र नियन्त्रणको प्रयासहरु गरिरहेको बताए।
‘सरकारले जति पहल प्रयास गर्दा पनि अहिले धेरै ठाउँमा वन डढेलो लागिरहेको छ। जैविक विविधताको नासदेखि दिएर वातावरण प्रदुषणमा पनि ठूलो भूमिका खेलेको छ। त्यसैले सरकारले यसलाई गम्भिरताकासाथ लिएको छ। यसको न्यूनिकरण र नियन्त्रणको प्रयासहरु भइरहेको छन्,’ उनले भने, ‘सरकारले आगो सुरक्षा सम्बन्धि ठोस योजना बनाएर अगाडि बढिरहेको छ। आगामी दिनमा पनि थप प्रभावकारी बनाउने सरकाले तयारी गरिरहेको छ।’
उनले आगलागीले देशका प्राकृतिक श्रोतहरु वनजंगलहरुको क्षति,वन्यजन्तुको नास ,व्यक्तिगत, सार्वजनिक र सरकारी सम्पूर्ण संरचनाहरुमा ठूलो असर र प्रभाव पारिरहेको बताए। समयक्रम अनुसार आधुनिक उपकरणहरु र प्रविधिको माध्यमबाट यो समस्याको न्युनिकरण गर्नको लागि अझै प्रयास गर्नुपर्ने देखिएको उनको भनाई छ।
‘आगलागीले देशका प्राकृतिक श्रोतहरु वनजंगलहरुको क्षति,वन्यजन्तुको नास र यसले व्यक्तिगत सार्वजनिक र सरकारी सम्पूर्ण संरचनाहरुमा ठूलो असर र प्रभाव पारिरहेको छ। यसलाई समयक्रम अनुसार हामी अहिले बद्लिदो परिवेशमा छौं,’ उनले भने, ‘त्यसले गर्दा आधुनिक उपकरणहरु र प्रविधिको माध्यमबाट यो समस्याको न्यूनिकरण गर्नको लागि धेरै प्रयासहरु भएका छन्। नेपालको सन्दर्भमा अझै हामी लाग्नु पर्ने देखिन्छ ।’