Kathmandu Press

पूर्वजहरु हरेक कुरामा अगाडि भएकाले विकासका कुरा चाँडो सिक्न सक्छौं : प्रधानमन्त्री

पसमाजमा नकारात्मक पक्षहरु पनि रहेको बताउँदै प्रधानमन्त्री ओलीले हेर्ने, खोज्ने भनेको नकारात्मकता नभइ हामीले खोज्ने भनेको सकरात्मक भएको बताए।
पूर्वजहरु हरेक कुरामा अगाडि भएकाले विकासका कुरा चाँडो सिक्न सक्छौं : प्रधानमन्त्री

काठमाडौं, चैत २३ : प्रधानमन्त्री केपी ओलीले विश्वमा ज्ञान फैलाउन नेपाली पूर्वज अगाडि रहेको बताएका छन्।

शनिबार ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै उनले कुनै समयमा हाम्रो समाजका पूर्वज हरेक कुरामा अगाडि भएकाले हामी चाँडो विकासका कुराहरु सिक्न सक्ने बताए,

‘विश्वमा ज्ञान फैलाउन नेपाली पूर्वज सबैभन्दा अगाडि थिए। हाम्रो विकासलाई रोक्ने काम भएको थियो। हजुरबाका हजुरबाले त्यही गरे। हामीले पनि त्यही गर्नुपर्छ भन्ने भएपछि कसरी विकास हुन्छ ? तर पुर्खाको जिन हामीसँग छ । हामी चाँडो सिक्न सक्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘विकासका कुराहरुमा छिटो सिक्ने सामथ्र्य छ। नेपालीहरु आमरुपमा इमान्दार र परिश्रमिक छन भनेर दुनियाँले चिनेको छ अहिले।’

पसमाजमा नकारात्मक पक्षहरु पनि रहेको बताउँदै प्रधानमन्त्री ओलीले हेर्ने, खोज्ने भनेको नकारात्मकता नभइ हामीले खोज्ने भनेको सकरात्मक भएको बताए।

‘समाजभित्र केही निराश नहुनुपर्ने कुराहरु छन् भने केही कमी कमजोरी, नकारात्मक पक्षहरु पनि छन्। तर  हामीले  हेर्ने, खोज्ने भनेको नकरात्मकता होइन हामीले खोज्ने भनेको सकरात्मकता हो, हामीले हेर्ने भनेको संभावनाहरु होे,’ उनले भने, ‘यसरी हेर्दाखरी हाम्रो भूगोल, प्रकृति जस्तो छ। सन्दर मात्रै होइन प्राकृतिक, खनिजका हिसावले अत्यन्तै सम्पन्न र धनी छ।’ 

ओलीले कामै लगाउनका लागि भए पनि नेपालीलाई बाहिरी देशहरुले  प्राथमिकता दिने गरेको बताए। उनले अहिले ६० प्रतिशत सक्रिय जनसंख्या र ४० प्रतिशत युवा जनसंख्या भएकाले युवा जनसंख्याको लाभ सर्तक रहेनौं भने नरहन सक्ने बताए।
 

प्रकाशित मिति: १९:०८ बजे, शनिबार, चैत २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्