Kathmandu Press

स्वदेश फर्किए प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलगायतले स्वागत गरेका थिए। 
स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं, चैत २३ : प्रधानमन्त्री केपी ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौं बिम्स्टेक शिखर सम्मेलनमा भाग लिइ स्वदेश फर्किएका छन्। 

प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अंगका प्रमुखले स्वागत गरेका थिए। 

त्यसअघि नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो।

थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्को मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली  चैत १९ गते त्यसतर्फ प्रस्थान गरेका थिए। 

थाइल्याण्डमा प्रधानमन्त्री ओलीले भारतका प्रधानन्त्री नरेन्द्र मोदीलगायत विभिन्न मुलुकका समकक्षीसँग आपसीहित र चासोका विविधि विषयमा छलफल ग।रेका थिए। 

शुक्रबर उनले बिम्स्टेक शिखर सम्मेलनमा सम्बोधन समेत गरेका थिए। 
 

प्रकाशित मिति: १३:१६ बजे, शनिबार, चैत २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्