तस्बिरमा हेर्नुस् नासल चाेकमा चैते दशैंको पूजा
हनुमानढोकाको दशैं घरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन छ।
काठमाडौं, चैत २३ : चैते दशैंका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ।
चैते दशैंकै अवसरमा हनुमानढोकास्थित नासल चोकमा नवदुर्गा भवानीको पूजा गरिएको छ।
हनुमानढोकाको दशैं घरमा घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन छ।
प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैं घरमा चैते दशैंका दिन पनि बलिसहितकाे पूजा गरिन्छ। पूजासँगै चैत्र शुक्ल अष्टमीका दिन राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने कामना गरिन्छ।
हेर्नुस केही तस्बिरहरूः









प्रकाशित मिति: ११:४१ बजे, शनिबार, चैत २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












