Kathmandu Press

रविलाई भैरहवा लगियो, सोमबार अदालतमा उपस्थित गराइने

रविलाई शनिबार बिहान एयरलाइन्सको विमानमार्फत भैरहवा लगिएको हो। त्यहाँ उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ। 
रविलाई भैरहवा लगियो, सोमबार अदालतमा उपस्थित गराइने

काठमाडौं, चैत २३ : रष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ।

शुक्रबार साँझ उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई सहकारीको रकम ठगी प्रकणमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। लगत्तै राति प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको थियो। उनलाई राति जिलला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो।

रविलाई शनिबार बिहान एयरलाइन्सको विमानमार्फत भैरहवा लगिएको हो। त्यहाँ उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ। 

आज शनिबार र  भोलि पनि सार्वजनिक बिदा परेकाले रविलाई सोमबार मात्रै रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने छ।

प्रकाशित मिति: १०:५० बजे, शनिबार, चैत २३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्