पक्राउ गर्न प्रहरी घरमै आएपछि रविले भने– अहिले नै गिरफ्तारी दिँदैछु
‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु।’
काठमाडौं, चैत २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी बुढानीलकण्ठस्थित उनको घरमै पुगेको छ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएसँगै प्रहरी घरमा पुगेको हो।
यता, आफूलाई प्रक्राउ गर्न प्रहरी घरमै आएपछि रविले समाजिक सञ्जालमा स्टाटस लेख्दै अदालतको सम्मान गर्दै आजै गिरफ्तारी दिन लागेको बताएका छन्।
उनले लखेका छन्, ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु।’
रविले न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला नै भएको उल्लेख गर्दै न्यायका लागि दुनियाँका सबै ढोका ढकढक्याउने पनि बताएका छन्।
आफूमाथि ठूलो अन्याए भएको बताउँदै उनले चितवनको सभा नरोक्न पनि आग्रह गरेका छन्।
रास्वपाले भोलि चितवनमा कार्यक्रम गर्दै छ।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई १ करोड धरौटीमा जिल्ला अदालतको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।
रविविरूद्ध सुप्रिम सहकारी ठगी र संगठित अपराध कसुरमा यसअघि जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको थियो।