Kathmandu Press

जाजरकोट केन्द्रबिन्दु भएर तीन मिनेटमा दुईवटा भूकम्पको धक्का

त्यसको तीन मिनेटमा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर ५.५ म्याग्नेच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।
जाजरकोट केन्द्रबिन्दु भएर तीन मिनेटमा दुईवटा भूकम्पको धक्का

काठमाडौं, चैत २२ : जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

शुक्रबार बेलुका जाजरकोट केन्द्रबिन्दु भएर तीन मिनेटको अवधिमा दुईपटक भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बेलुका ८:०७ बजे जाजरकोटको पैंक केन्द्रबिन्दु भएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको थियो।

त्यसको तीन मिनेटमा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर ५.५ म्याग्नेच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।

अघिल्लो वर्षको कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पले जनधनको क्षति भएको थियो।

प्रकाशित मिति: २०:५४ बजे, शुक्रबार, चैत २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्