Kathmandu Press

रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएपछि छलफलमा रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीक सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश भएपछि पार्टीका नेताहरू छलफलमा जुटेका छन्।
रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएपछि छलफलमा रास्वपा

काठमाडौं, चैत २२ : राष्ट्रिय स्वतन्त्र पार्टीक सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश भएपछि पार्टीका नेताहरू छलफलमा जुटेका छन्।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम सहकारी ठगी मुद्दामा शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेपछि रास्वपा नेताहरू छलफलमा जुटेका हुन्।

अहिले काठमाडौंमा उपलब्ध नेताहरु छलफलमा जुटेका छन्। छलफलले आगामी रणनीति तय गर्ने बताइएको छ।

रास्वपाले शनिबार चितवनमा जनयात्रा कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रमलाई सभापति लामिछानले सम्बोधन गर्ने तय भएको थियो।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा न्यायाधीशद्वय रमेश ढकाल र स्विकृती पराजुलीलीको इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेका हुन्।

जिल्ला अदालत रूपन्देहीले यसअघि सुप्रिम सहकारीको बचत अपचलन र संगठित अपराध कसुरमा लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश गरेको थियो।

धरौटी बदर गरी साधारण तारेखमा रिहा गर्नुपर्ने माग राख्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए।

प्रकाशित मिति: २०:३१ बजे, शुक्रबार, चैत २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्