Kathmandu Press

छबिलाल जोशीको मुद्दामा जिल्ला अदालतको आदेश सदर, थुनामा पठाइने

शुक्रबार उच्च अदालत रूपन्देहीको बुटवल इजलासले जोशीलाई थुनामा पठाउन आदेश गरेको हो।
छबिलाल जोशीको मुद्दामा जिल्ला अदालतको आदेश सदर, थुनामा पठाइने

काठमाडौं, चैत २२ : सुप्रिम सहकारी ठगीविरूद्धको मुद्दामा पूर्व डीआइजी एवम् गोर्खा मिडियाका तत्कालीन सञ्चालक समिति सदस्य छबिलाल जोशीलाई थुनामा पठाउन आदेश भएको छ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जोशीलाई थुनामा पठाउन आदेश गरेको हो।

सहकारी ठगी र संगठित अपराधमा जोशीलाई यसअघि जिल्ला अदालत रूपन्देहीले पनि पुर्पक्षका लाथि थुनामा पठाउन आदेश गरेको थियो।

उच्चका न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको इजलासले जिल्ला अदालतको आदेश सदर गर्दै जोशीलाई थुनामा पठाउन आदेश गरेका हुन्।

सोही इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि थुनामा पठाउन आदेश गरेको छ।

उनलाई यसअघि जिल्ला अदालतले १ करोड धरौटी बुझाउन माग गरेको थियो।

धरौटी बदर गर्दै साधारण तारेखमा रिहाको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए।

उनको हकमा धरौटी बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो।

प्रकाशित मिति: २०:०९ बजे, शुक्रबार, चैत २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्