Kathmandu Press

रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

जिल्ला अदालतको आदेश बदर
रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
फाइल तस्बिर।

काठमाडौं, चैत २२ : सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई थुनामा पठाउन आदेश भएको छ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई जिल्ला अदालतले यसअघि गरेको धरौटीमा छाड्ने आदेश उल्ट्याउँदै थुनामा पठाउन आदेश गरेको हो।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछाने १ करोड धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।

लामिछानेविरूद्ध सुप्रिम सहकारी ठगी र संगठित अपराध कसुरमा यसअघि जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको थियो।

लामिछानेले धरौटी आदेश बदर गरी साधारण तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा पुनरावेदन दिएका थिए।

प्रकाशित मिति: २०:०० बजे, शुक्रबार, चैत २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्