Kathmandu Press

राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियता रक्षा गर्न अभियान चलाउने

'जिल्ला र केन्द्रका बीचमा समन्वयका लागि प्रदेशस्तरको प्रशासनिक संरचनाको निर्माणमा हामीले जोड दिन्छौं,' उनले भने।
राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियता रक्षा गर्न अभियान चलाउने

काठमाडौं, चैत २२ : राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताका विषयमा पार्टीको धारणा स्थापित गराउन यही चैत २४ गतेदेखि काठमाडौँ केन्द्रित साताव्यापी अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र राष्ट्रियताको रक्षाको पक्षमा अभियान सञ्चालन हुने जानकारी दिए।

काठमाडौँको तीनकुनेमा यही चैत १५ गते भएको घटनाले मुलुकमा प्रतिगमनको खतरा देखापरेका कारण राजधानी केन्द्रित पार्टी सचेतनासहितका कार्यक्रम गर्न लागेको उनले स्पष्ट पारे।

त्यस अवसरमा पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सम्पूर्ण गणतन्त्रवादी शक्तिहरुबीच प्रतिगमनविरुद्ध सहकार्यको आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ।'

सो पार्टीका उपाध्यक्ष एवं संविधानसभा सदस्य दुर्गा पौडेलले सरकार र संसद्को सङ्ख्यामा भएको वृद्धिले खर्चको भार बढेर आर्थिक रुपमा मुलुक सञ्चालनमा चुनौती परिरहेको तर्क गरे।

'जिल्ला र केन्द्रका बीचमा समन्वयका लागि प्रदेशस्तरको प्रशासनिक संरचनाको निर्माणमा हामीले जोड दिन्छौं,' उनले भने।

उक्त पार्टीले नेपालको राष्ट्रियताका विरुद्धमा भइरहेको विभिन्न खाले षडयन्त्रका विरुद्ध सङ्घर्ष गरेर नै मुलुकको राष्ट्रियताको रक्षा गर्दै आएको जनाएको छ।

प्रकाशित मिति: १८:०८ बजे, शुक्रबार, चैत २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्