Kathmandu Press

ओलीलाई भेटेपछि मोदीको प्रतिक्रिया– भेटवार्ता फलदायी 

‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ,’ मोदीले एक्समा नेपालीमै लेखेका छन्। 
ओलीलाई भेटेपछि मोदीको प्रतिक्रिया– भेटवार्ता फलदायी 

काठमाडौं, चैत २२ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच थाइल्यान्डको बैंककमा भेटवार्ता भएको हो। 

मोदीले सामाजिक सञ्जालमार्फत समकक्षी ओलीसँगको भेट फलदायी भएको प्रतिक्रिया दिएका छन्। 

‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ,’ मोदीले एक्समा नेपालीमै लेखेका छन्। 

मोदीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल भएको उल्लेख गरेका छन्। 

‘हामीले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा ग¥यौं,’ उनले लेखेका छन्। 

प्रकाशित मिति: १६:४५ बजे, शुक्रबार, चैत २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्