Kathmandu Press

म्याद नाघेको अश्रुग्यास प्रहार नभएको आइजिपीको दाबी

‘म्याद नाघेको, ननाघेको विषयमा मलाई जानकारी भएन। म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने सन्दर्भ कसरी आयो मलाई थाहा भएन । म्याद नाघेका प्रयोग गरेका छैनौं,’ आइजिपी थापाले भने।
म्याद नाघेको अश्रुग्यास प्रहार नभएको आइजिपीको दाबी

काठमाडौं, चैत २२ : प्रहरी महानिरीक्षक दिपक थापाले संसदीय समितिको बैठकमा म्याद नाघेको अश्रुग्यास प्रहार नभएको दाबी गरेका छन्।

थापाले राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उक्त दाबी गरेका हुन्। सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रहरी महानिरिक्षक थापाले म्याल गुज्रिएका अश्रुग्यास प्रयोग नभएको बताए। 

समितिका सभापति रामहरि खतिवडाले पनि म्याद नाघेका अश्रुग्यास प्रहार भएको बिषयमा सोधेका थिए। 

‘म्याद नाघेको, ननाघेको विषयमा मलाई जानकारी भएन। म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने सन्दर्भ कसरी आयो मलाई थाहा भएन । म्याद नाघेका प्रयोग गरेका छैनौं,’ आइजिपी थापाले भने।

थापाले म्याद नाघेका अश्रुग्यास नष्ट गर्ने गरिएको बताउँदै मौज्दातमा रहेको मात्र प्रयोग गरिएको दाबी गरे। 

प्रकाशित मिति: १६:४३ बजे, शुक्रबार, चैत २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्